नियम ४४
भाग्न लागेको थुनुवा वा कैदीउपर हतियार प्रयोग गर्ने
कारागारको कुनै कैदी वा थुनुवा ढोकामा हुल गरी वा पर्खाल नाघी वा भत्काई वा सुरु· खनी वा केही तवरले भाग्न लाग्यो भने सो गर्न लाग्दैमा तुरुन्त पक्रनु पर्छ पक्रदा निजले हतियार लट्ठी  इत्यादी चलाउन लाग्यो वा हूलहुज्जत गर्यो भने अवस्था हेरी भाग्न नदिना निमित्त जुनसुकै हतियार प्रयोग गर्न सकिनेछ । सो बमोजिम गर्दा मर्न गएमा हतियार प्रयोग  गर्ने व्यक्ति सजायको भागी हुने छैन ।